सुशील कोइराला क्यान्सर अस्पतालमा कोरोना नभएका बिरामीको शल्यक्रिया शुरु

हिमालय टिभी
२०७८ जेठ २ गते १९:१८
सुशील कोइराला क्यान्सर अस्पतालमा कोरोना नभएका बिरामीको शल्यक्रिया शुरु

२ जेठ २०७८ बाँके । बाँकेको खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालले कोरोना संक्रमण नभएका गम्भीर बिरामीलाई शल्यक्रियासहितको उपचार सेवा दिन शुरु गरेको छ ।

कोरोना संक्रमण नभए पनि स्वास्थ्य अवस्था गम्भिर भएका कारण आइसीयु , भेन्टिलेटरमा राख्नु पर्ने तत्काल शल्यक्रिया गर्नुपर्ने बिरामीको सुविधाका लागि क्यान्सर अस्पतालले शल्यक्रिया सहितको सेवा सुरु गरेको हो ।

कोरोना संक्रमणका कारण नेपालगन्जको भेरी र मेडिकल कलेजको शिक्षण अस्पतालका इमरजेन्सी वार्डहरु समेत भरिएका छन् ।

त्यसैले कोरोना नभएका तर स्वास्थ्य अबस्था गम्भिर भएका बिरामीले उपचार पाएका थिएनन् । तर अब क्यान्सर अस्पतालले क्यान्सर रोग बाहेक अन्य रोगको उपचार दिन थालेपछि बिरामी र बिरामीका आफन्त खुसी छन् ।

क्यान्सर अस्पतालमा सर्जन,फिजिसियन, एनेसथेसोलोजिष्ट , स्त्रीरोग बिशेषज्ञ सहित १९ जना चिकित्सक र २१ जना नर्स कार्यरत छन ।

अस्पतालले सिकिस्त बिरामीको उपचार सेवालाई थप प्रभाबकारी बनाउन ६ बेडको आइसियु संचालनमा ल्याउने तयारी गरि रहेको छ । हाल ४० बेड संचालनमा रहेको क्यान्सर अस्पतालमा सिकिस्त बिरामीको उपचारका लागि २ वटा भेन्टिलेटर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *