कोरोना जोखिमका कारण रक्तदान नहुँदा सुर्खेतमा रगत अभाव

हिमालय टिभी
२०७८ जेठ २ गते १८:११
कोरोना जोखिमका कारण रक्तदान नहुँदा सुर्खेतमा रगत अभाव

२ जेठ २०७८ सुर्खेत । कोरोना संक्रमणको जोखिमका कारण रक्तदान कार्यक्रम नहुँदा सुर्खेतमा रगत अभाव भएको छ ।

रक्तसञ्चार केन्द्र सुर्खेतमा रगतको अभाव हुँदा जटिल समस्याका बिरामीले दुःख पाउने गरेका छन् । आफ्नो बुवाका लागि तत्काल रगत आवश्यक रहेको तर कहीँ नपाएको कालीकोटबाट उपचारका लागि सुर्खेत आएका प्रेम प्रकाश हमालले बताउनुभयो ।

सुर्खेत ब्लड बैंकका इन्चार्ज देपेन्द्र केसीले अहिले रक्तदानका कार्यक्रम गर्ने अवस्था नभएको, तर रगतको माग भने दैनिक रुपमा बढेका कारण समस्या भएको बताउनु भयो ।

कोभिडका कारण रक्तदान कार्यक्रम गर्ने अवस्था नभएपछि अहिले व्यक्तिगत रुपमा दातालाई रक्तदानका लागि बोलाउने गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *