धौलागिरि अस्पतालको भवन निर्माण शुरु भएको आठ वर्षमा पनि पूरा भएन

हिमालय टिभी
२०७८ वैशाख २८ गते १८:४१
धौलागिरि अस्पतालको भवन निर्माण शुरु भएको आठ वर्षमा पनि पूरा भएन

२८ वैशाख २०७८ बागलुङ । बागलुङको धौलागिरि अस्पतालमा ‘सी’ ब्लकको भवन निर्माण सुरु गरेको आठ वर्ष बित्दासमेत सम्पन्न भएको छैन । भवन नहुँदा स्वास्थ्य उपकरण भएर पनि उपचार सेवा विस्तार हुन सकेको छैन ।

गत वर्षको बजेटमा दुई सय बेड बनाउने घोषणा गरिएको भए पनि अहिलेसम्म अस्पतालमा ५० बेडमा मात्र सीमित छ । धौलागिरि अस्पतालका लागि भनेर एक सय थान बेड अस्पतालमा आइसकेका छन् तर अस्पतालको ‘सी’ ब्लकको भवन नबन्दा समस्या भएको हो ।

मिलेनियम बिल्डर्स निर्माण सेवाले २०७० साल असारमा तीन वर्षमा निर्माण सक्ने गरी ठेक्का लिए पनि दुई पटक म्याद थप्दासमेत सम्पन्न गरेको छैन । भवन नहुँदा स्वास्थ्य मन्त्रालयले दिएका बेड बेवारिसे भएका छन् ।

भवन अभावमा अस्पताललाई उपचार सेवा दिन समस्या भइरहेको छ ।

धौलागिरि अस्पतालमा २५ सैयाको आइसोलेसन कक्ष भए पनि क्षमताभन्दा बढी संक्रमित छन् । बागलुङमा अहिले चार सयभन्दा धेरै संक्रमित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *