बिरामीले भर्ना पाउन छाडेपछि संसदीय समितिद्वारा अस्पताल अनुगमन

२८ वैशाख २०७८ मोरङ । बेड अभाव भएर संक्रमितले भर्ना पाउन छाडेपछि प्रदेश १ को संसदीय समितिले मोरङका ३ ठूला कोभिड अस्पतालको अनुगमन गरेको छ ।
प्रदेश १ को सामाजिक विकास समितिले विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्र, नोबेल मेडिकल कलेज र बुढीगंगा गाउँपालिका वडा नम्बर २ स्थित विराट मेडिकल कलेजले सञ्चालन गरेको कोभिड अस्पतालको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा समितिले कोभिड अस्पतालहरुको अवस्था, समस्या तथा चुनौतीहरुबारे अस्पताल सञ्चालनकहरुसंग आवश्यक जानकारी लिएको छ ।
सामाजिक विकास समितिका सदस्य तथा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले अस्पतालमा देखिएका समस्या समाधान गर्न प्रदेश सरकारलाई निर्देशन दिने बताउनुभयो ।
प्रदेश १ मा ७ सय २७ बेडको कोभिड अस्पताल सञ्चालनमा छ । तर, अब त्यसले थेग्नसक्ने वातावरण नरहेकोले ७ सय ५० बेड तत्काल थप गर्न समितिले पहल गर्नुपर्ने चिकित्सको सुझाव छ ।
प्रतिक्रिया