ढोरपाटन शिकार आरक्षमा चार झारल र नौ नाउरको शिकार

हिमालय टिभी
२०७८ वैशाख २६ गते १८:४४
ढोरपाटन शिकार आरक्षमा चार झारल र नौ नाउरको शिकार

२६ वैशाख २०७८ काठमाडौं । नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा चार झारल र नौ नाउरको शिकार भएको छ ।

शिकारबाट दोस्रो सिजनमा करिब २५ लाख रुपैयाँ राजश्व संकलन भएको छ । यो वर्ष नाउरको शिकारका लागि एक लाख ८१ हजारदेखि एक लाख ९५ हजार र झारलको एक लाखसम्म मूल्य तोकिएको छ ।

दोस्रो सिजनमा पाँच वटा झारलको कोटा निर्धारण गरिएकोमा शिकारीले एक झारलको शिकार गर्न चुकेको आरक्षले जनाएको छ ।

शिकारका लागि पहिलो सिजन अर्थात असोज –कात्तिक महिनामा पाँच झारल र नौ नाउरको शिकार अनुमति दिइएकोमा कोरोना भाइरसका कारण शिकार गर्न रोक लगाइएको थियो ।

तथापी पहिलो याममा एक झारल र एक नाउरको शिकार भएको थियो । दोस्रो सिजनमा भने लक्ष्य अनुरुपनै शिकार भएको आरक्षले जनाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शिकारको पहिलो याम असोज–कात्तिक र दोस्रो सिजन चैत्र–बैशाखमा बोलपत्र आह्वान गरेर शिकारको कोटा र राजश्व दर निर्धारण गर्ने गर्दछ । शिकारीसहितको टोलीले १५ दिन जंगलमै समय बिताउने गर्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *