जलेश्वर अस्पतालमा भेन्टिलेटर चलाउने जनशक्ति अभाव हुँदा संक्रमितको मृत्यु

हिमालय टिभी
२०७८ वैशाख २५ गते १८:३९
जलेश्वर अस्पतालमा भेन्टिलेटर चलाउने जनशक्ति अभाव हुँदा संक्रमितको मृत्यु

२५ वैशाख २०७८ महोत्तरी । महोत्तरीको जलेश्वर अस्पतालमा भेन्टिलेटर चलाउने जनशक्ति नभएपछि कोरोना संक्रमितको मृत्यु भएको छ ।

तत्काल भेन्टिलेटर आवश्यक रहेको संक्रमितलाई जलेश्वरबाट जनकपुरस्थित भेन्टिलेटर भएको अस्पताल जानकी हेल्थ केयर पुर्‍याउन नपाउँदै मृत्यु भएको हो ।

तीन दिनदेखि जलेश्वर अस्पतालमै अक्सिजनसहित उपचार लिइरहेका ४२ वर्षीय पुरुषलाई भेन्टिलेटरमा राख्नुपर्ने भएपछि जनकपुर लगिएको थियो ।

जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। सतिष साहले जनशक्ति अभावले अझै आईसीयुसहितको भेन्टिलेटर सेवा चलाउन नसकेको बताउनुभयो ।

जलेश्वर अस्पतालका अध्यक्ष सुरेश पाण्डेयले समेत भेन्टिलेटर चलाउने जनशक्ति बारम्बार प्रदेशसँग माग गर्दा पनि सुनुवाइ नभएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *