कोरोनाले यसरी बढ्दो मनोरोग, गैरकोरोनाका बिरामी पनि अक्सिजन खोज्दै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २४ गते १९:११
कोरोनाले यसरी बढ्दो मनोरोग, गैरकोरोनाका बिरामी पनि अक्सिजन खोज्दै (भिडियो रिपोर्टसहित)

२४ वैशाख २०७८ काठमाडौं । देशमा कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको छ । कोरोनाको कहर तिब्र रुपमा फैलिँदै गएपछि मानिसहरुमा विभिन्न खालका त्रासहरु पनि बढेको छन् ।

त्रासले मानिसहरुमा मनोरोग पनि पैदा गरिरहेको छ । बागलुङमा श्वासप्रश्वासमा समस्या नदेखिएका बिरामीहरु पनि सास फेर्न गाह्रो भएको भन्दै अस्पतालमा आउने गरेका छन् ।

बागलुङ सदरमुकाममा रहेका अस्पतालमा अहिले बिरामीको चाप दिनदिनै बढिरहेको छ । केहीदिनयता अक्सिजनको खोजीमा बिरामी आउने गरेका छन् । श्वासप्रश्वासमा समस्या भएको भन्दै त्रसित भएर अक्सिजन खोज्दै आउने बिरामीको संख्या बढेको अस्पताल सञ्चालकहरु बताउछन् ।

बागलुङमा अक्सिजन लिनुपर्ने बिरामीको संख्या बढेपछि बागलुङमा अक्सिजनको अभाव देखिन थालेको छ । सप्लायर्ससँग पनि पर्याप्त अक्सिजन सिलिण्डर छैनन् ।

बजारमा अक्सिजनको अभाव भइरहँदा पनि बागलुङका अस्पताल तथा सर्जिकल हाउसले अक्सिजन भरिएका सिलिन्डर आदानप्रदान गरेर अहिलेसम्म जेनतेन धानिरहेका छन ।

पछिल्लो समयमा बागलुङमा मौसमी रोगका बिरामीहरु पनि बढ्दै गएका छन् । मौसमी बिरामीहरुले पनि त्रासका कारण अक्सिजन खोज्दा अक्सिजनको अभाव भएको अस्पताल संचालकको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *