बाँकेको कोहलपुरमा ३ सय बेड क्षमताको कोरोना डेडिकेडेट अस्पताल निर्माण शुरु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २० गते १७:२०
बाँकेको कोहलपुरमा ३ सय बेड क्षमताको कोरोना डेडिकेडेट अस्पताल निर्माण शुरु (भिडियो रिपोर्टसहित)

२० वैशाख २०७८ काठमाडौं । नेपालगंज मेडिकल कलेजले शिक्षण अस्पताल कोहलपुरलाई ३ सय बेडको कोरोना डेडिकेडेड अस्पताल बनाउन शुरु गरेको छ ।

कोरोना बाहेक अन्य उपचार सेवा नेपालगञ्जमा सारेर शिक्षण अस्पताल कोहलपुरलाई ५० बेडको आइसीयुसहित कोरोना डेडिकेडेड अस्पतालमा बनाउन लागिएको हो ।

५० बेडको प्रिआइशोलेन र अन्य बिरामीका लागि अक्सिजन सुबिधासहित २ सय बेड हुने छन् । सबै बेडमा अक्सिजन पाइपलाइनको व्यवस्था भए पनि अक्सिजन ग्यासको अभाव भएका कारण हाल १ सय १० बेड संचालनमा आएको छ ।

लिक्युइड अक्सिजन ग्यासको आपुर्ति रोकिएका कारण अक्सिजनको ब्यबस्था मिलाउन हम्मेहम्मे परेको छ ।

शिक्षण अस्पताल कोहलपुरमा हाल १ सय १० बेडको कोरोना वार्ड संचालन गर्दै आएको छ । बाँकेमा पछिल्ला दिनमा दैनिक ५ सयको हाराहारीमा संक्रमित थपिने गरेका छन् । छिमेकी जिल्लामा पनि संक्रमण थपिदै जाँदा बिरामीले बेड नै नपाउने अवस्था छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले शिक्षण अस्पताल कोहलपुर पुगेर बिरामीको उपचार व्यवस्था र बेड संख्या बढाउन भई रहेका प्रयासबारे जानकारी लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *