Main News
कांग्रेस सभापति देउवाले आफ्नै निवासमा आकस्मिक पत्रकार सम्मेलन गर्दै
२०७८ वैशाख १७ गते १३:५५

१७ वैशाख २०७८ काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज आकस्मिक पत्रकार सम्मेलन आयोजना गर्दै हुनुहुन्छ ।
आफ्नो निवास बूढानीलकण्ठमा दिउँसो ३ बजे कोभिड–१९ का सन्दर्भमा पत्रकार सम्मेलन गर्न लाग्नुभएको उहाँका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।
सभापति देउवाले पत्रकार सम्मेलनमार्फत कोरोना भाइरस सङ्क्रमणको नियन्त्रण र रोकथाममा सरकारको भूमिका तथा निषेधाज्ञा लागू गरिएपछि सर्वसाधारणको जनजीवनमा परेको प्रभावलगायत विषयमा धारणा व्यक्त गर्नुहुने बताइएको छ ।
मुलुकभर दोस्रो चरणको कोराना भाइरस सङ्क्रमण तीव्र भएपछि सरकारले करिब डेढ दर्जन जिल्लामा यही वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरेको छ ।
प्रतिक्रिया