Main News
पूर्वप्रधानमन्त्री डा. भट्टराई शल्यक्रियाका लागि अस्पताल भर्ना
२०७८ वैशाख १६ गते ९:१७

१६ वैशाख २०७८ काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया वीर अस्पतालमा हुने भएको छ।
वीर अस्पतालमा डा. सुबोध अधिकारी नेतृत्वको टिमले उहाँको शल्यक्रिया गर्न लागेको हो। शल्यक्रियाका लागि उहाँ आजै अस्पताल भर्ना भएपनि र भोलि मात्रै शल्यक्रिया गरिने बताइएको छ ।
यसअघि ट्युमरमा क्यान्सरको शङ्का भएपछि भारतको दिल्लीमा उहाँको स्वास्थ्य परीक्षण भएको थियो।वायोप्सीसहित अन्य परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको बताएका थिए।
ट्युमर भने चाँडै नै फाल्नुपर्ने चिकित्सकको सुझाव अनुसार भट्टराईले शल्यक्रिया गर्न लाग्नुभएको हो ।
प्रतिक्रिया