चितवनमा पनि भोलिदेखि १५ दिने निषेधाज्ञा

हिमालय टिभी
२०७८ वैशाख १५ गते १८:३३
चितवनमा पनि भोलिदेखि १५ दिने निषेधाज्ञा

१५ वैशाख २०७८ चितवन । कोरोना संक्रमण बढेपछि चितवनमा पनि भोलिदेखि निषेधाज्ञा लाग्ने भएको छ ।

भरतपुरमा आज बसेको डीसीएमसीको बैठकको सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा घोषणा गरेको हो । प्रशासनले निकालेको सूचनामा भोलि राति १२ बजेदेखि १५ दिनसम्म निषेधाज्ञा लाग्ने उल्लेख छ ।

निषेधाज्ञामा सबै प्रकारका सभा सम्मेलन तथा गोष्ठी, तालिम, सेमिनार, जात्रा, महोत्सव, सिनेमा हल, पार्टी प्यालेस, दोहोरी रेष्टुरेन्ट लगायत भिडभाड हुने क्षेत्र बन्द हुनेछन् ।

यसैगरी संस्कारजन्य कार्यक्रम गर्न १५ जनाभन्दा बढीको संख्यामा भेला हुन नपाइने प्रशासनको सूचनामा उल्लेख छ ।

लामो तथा छोटो दूरीका सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने, धार्मिक स्थलमा जमघट गर्न नपाइने, अति आवश्यक वस्तु वा सेवा आपुर्तिबाहेक अन्य पसल सञ्चालन गर्न नपाइने पनि प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *