कास्कीमा आजदेखि एक साताका लागि निषेधाज्ञा लागू

हिमालय टिभी
२०७८ वैशाख १५ गते १५:१८
कास्कीमा आजदेखि एक साताका लागि निषेधाज्ञा लागू

१५ वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमण बढेपछि कास्कीमा आजदेखि एक साताका लागि निषेधाज्ञा लागू भएको छ ।

जिल्लामा आज बिहान ६ बजेदेखि वैशाख २१ गतेसम्म राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको छ । यो अवधिमा अत्यावश्यक कामबाहेक घर बाहिर हिँड्डुल गर्न रोक लगाइएको छ ।

सडकमा नेपाल प्रहरीले निगरानी बढाएको छ । एम्बुलेन्स, दमकल, खाद्यान्न, दुध, तरकारी, निर्माण सामग्री बोक्ने गाडी सहित अत्यावश्यकबाहेक अन्य सवारीमा जोरबिरोज प्रणाली लागू गरिएको छ ।

फनपार्क, रंगशाला, दोहोरी साँझ, फुटसल, सैलुन, डिस्को, अत्यावश्यकबाहेकका पसल पनि बन्द गरिएको छ ।
खाद्यान्न र निर्माण सामग्री पसल बिहान ५ बजेदेखि राति ८ बजेसम्म मात्रै खोल्न पाइने छ ।

होटल तथा रेस्टुरेन्टले बिहान ८ बजेदेखि राति ८ बजेसम्म ‘टेक अवे’ सुविधा मात्रै सञ्चालन गर्न पाउने कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताउनुभयो ।

जोरबिजोर प्रणली लागू भए पछि सडकमा यात्रु र सवारीको चाप घटेको छ । मुख्य बजारका अधिकांश पसल बन्द छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *