Main News
बिरामीले प्रयोग गर्ने अक्सिजनलगायतका सामान आयातमा कर छुट दिने निर्णय
२०७८ वैशाख १५ गते १५:११

१५ वैशाख २०७८ काठमाडौं । सरकारले बिरामीले प्रयोग गर्ने अक्सिजन सिलिन्डरलगायत मालवस्तुमा कर छुट दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले अक्सिजन सिलिन्डर लगायतका माल वस्तुमा कर छुटको निर्णय भएको जानकारी दिनुभयो ।
कोभिड संक्रमणलाई लक्षित गरेर यो निर्णय गरिएको मन्त्री गुरुङले बताउनुभयो । कर छुटका निर्णयपछि अक्सिजन सिलिन्डर आयात गर्न सहज हुनेछ ।
प्रतिक्रिया