तनहुँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १६ जना घाइते

हिमालय टिभी
२०७८ वैशाख १४ गते १६:५५
तनहुँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १६ जना घाइते

१४ वैशाख २०७८ दमौली । तनहुँको रिसिङ गाउँपालिका–१ धारापानीमा जीप दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ ।

दुर्घटनामा परी चालकसहित १६ जना यात्रु घाइते भएका छन् । नाम थर नखुलेकी अन्दाजी ३६ वर्षीय महिलाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ । गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि दमौली अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

भिरकोटबाट दमौली आउँदै गरेको ग १ ज ७६०० नम्बरको जीप कच्ची सडकबाट ८० मिटर तल खसेर दुर्घटना भएको घटनास्थल पुगेका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।

दुर्घटनामा परी घाइते भएकाहरुलाई उद्धार गरी दमौली र रत्नहरी अस्पतालमा पठाइएको जानकारी उहाँले दिनुभयो । दमौली अस्पतालमा १२ जना र रत्नहरी अस्पतालमा ४ जनाको उपचार भइरहेको छ ।

घाइते हुनेमा रिसिङ ६ की ४० वर्षीय टिका राम थापा, १७ वर्षीय वेलीस्वाँरा थापा, २८ वर्षीय गीता माया थापा, उनका ८ वर्षीय छोरा दिप्सन थापा र ५ वर्षीय छोरी अस्मि थापा, २० वर्षीय करिष्मा थापा लगायतको उपचार भइरहेको बताइएको छ । घाइतेमध्ये धेरैको टाउको, हात, खुट्टा र पेटमा चोट लागेको प्रनाउ तिमिल्सेनाले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *