Main News
सरकारको भर नपर्न र आफ्नो दायित्व निर्वाह गर्न कमल थापाको अपील (भिडियो रिपोर्टसहित)
२०७८ वैशाख १४ गते १५:५२

१४ वैशाख २०७८ काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवम राप्रपाका अध्यक्ष कमल थापाले कोरोना नियन्त्रणका लागि नागरिक दायित्व निर्वाह गर्न सबैलाई अपील गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले सरकारको भर नपर्न र आफ्नो दायित्व निर्वाह गर्न सबैलाई अपील गर्नुभएको हो ।
यस्तै थापाले कोरोना संक्रमणका बेला आफू र आफ्नो परिवारले भोगेको पीडा अरुलाई नपरोस भन्दै सचेत हुन पनि आग्रह गर्नुभएको छ ।
कोरोना संक्रमणको पहिलो लहरका बेला थापा संक्रमित भएर आईसीयूमा भर्ना हुनुभएको थियो ।
प्रतिक्रिया