बाँकेको भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा ८० प्रतिशतमा संक्रमण पुष्टि
१४ वैशाख २०७८ बाँके । नेपालगञ्जको भेरी अस्पतालमा पछिल्लो पटक गरिएको पीसीआर परीक्षणमा ८० प्रतिशतभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ ।
४ सय ७६ नमूना परीक्षण गर्दा ३ सय ८३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । तिमध्ये २ सय ६ जना पुरुष र १ सय ७७ जना महिला छन् ।
संकलित नमुनाको चाप र डाटा इन्ट्री गर्ने सफ्टवेयरमा आएको समस्याले गर्दा हिजो साँझ सार्वजनिक हुनुपर्ने रिपोर्ट आज मात्रै सार्वजनिक गरिएको अस्पतालले जनाएको छ ।
नेपालगञ्ज मेडिकल कलेजमा १ सय ८८ जनाको नमुना परीक्षण गर्दा १ सय ४५ जना, बागेश्वरी कलेज कोहलपुरको ल्याबमा १ सय ६९ जनाको नमुना परीक्षण गर्दा १ सय ९ जना र जमुनाहा नाकामा १६ जनाको परीक्षण गर्दा २ जनामा गरी थप २ सय ५६ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
जिल्लागत रुपमा बाँकेका सबैभन्दा बढी २ सय ९९ जना संक्रमित भेटिएका छन् ।
प्रतिक्रिया