बाँके जिल्लाभरि भोलिदेखि लकडाउन हुने

हिमालय टिभी
२०७८ वैशाख १२ गते १७:३४
बाँके जिल्लाभरि भोलिदेखि लकडाउन हुने

१२ वैशाख २०७८ बाँके । बाँके जिल्लाभरि भोलिदेखि लकडाउन हुने भएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भोलि राति १२ बजेदेखि २० गते राति १२ बजेसम्म जिल्लाभरि लकडाउन हुने बताउनुभयो । यसअघि ८ गते रातिदेखि १५ गते रातिसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा मात्रै लकडाउन गरिएको थियो ।

संक्रमितको संख्या बढेपछि प्रशासनले जिल्लाभरि लकडाउन बढाएको हो। दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान ६ देखि ९ बजेसम्म सञ्चालन हुने उल्लेख गरिएको छ।

स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधि पसल, बैंकको एटीएमजस्ता अत्यवश्यक सेवा एवं सार्वजनिक निर्माण कार्य, पूर्व निर्धारित परीक्षा र हवाईसेवा सञ्चालन गर्न पाइनेछ।

बाँकेका संक्रमणसँगै मृत्युदर बढेको छ। बाँकेमा अहिलेसम्म ८५ जनाको मृत्यु भइसकेको छ। बाहिरी जिल्लाका एक सय ३ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *