रुपन्देहीमा वैशाख मसान्तसम्म सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय

हिमालय टिभी
२०७८ वैशाख १२ गते १६:४६
रुपन्देहीमा वैशाख मसान्तसम्म सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय

१२ वैशाख २०७८ रुपन्देही । कोरोना भाइरस संक्रमण तिव्र गतिमा फैलिएपछि रुपन्देही जिल्लाभरका शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको छ ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र जिल्लाका सबै १६ वटै स्थानीय तहका प्रमुखबीच भएको छलफलले वैशाख मसान्तसम्म जिल्लाभरका विद्यालय तथा शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।

परीक्षा पनि अर्को सूचना नभएसम्मको लागि स्थगित गर्ने निर्णय भएको जिल्ला प्रसासन कार्यालयले जनाएको छ । यसअघि रुपन्देहीमा बुटवल र भैरहवाका विद्यालय मात्र बन्द गर्ने निर्णय गरिएको थियो ।

सरकारको निर्णय अनुसार दुई शहरमा मात्र विद्यालय बन्द भएका थिए । यसैगरी रुपन्देहीमा पर्सिदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । जिल्ला भित्र सञ्चालन हुने सबै हाटबजार सञ्चालनमा पनि रोक लगाउने आजको बैठकले निर्णय गरेको छ ।

बैठकमा सबै स्थानीय तहहरुले कोरोना संक्रमितको ओसारपसारका लागि कम्तीमा एक वटा डेडिकेटेड एम्बुलेन्सको व्यवस्थापन गर्ने, आ आफ्नो पालिकामा रहेको सामुदायिक आइशोलेशन र होम आइशोलेशनका क्षमता विकास गरी पूर्वतयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *