भेरी अस्पतालमा ज्वरो र रुघाखोकीका बिरामीका लागि छुट्टै फिबर क्लिनिक शुरु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १२ गते १५:२१
भेरी अस्पतालमा ज्वरो र रुघाखोकीका बिरामीका लागि छुट्टै फिबर क्लिनिक शुरु (भिडियो रिपोर्टसहित)

१२ वैशाख २०७८ काठमाडौं । बाँकेमा कोरोनाको संक्रमण तिब्र गतिमा फैलिएपछि ज्वरो र रुघा खोकीका बिरामी परीक्षणका लागि भेरी अस्पतालले छुट्टै फिबर क्लिनिक शुरु गरेको छ ।

ज्वरो र रुघा खोकीसम्बन्धी समस्या भएका बिरामीमा कोरोना संक्रमण भएको हुन सक्ने आँकलन गरेर छुट्टै फिबर क्लिनिकदेखि परीक्षण शुरु गरिएको हो ।

भेरी अस्पतालको फिबर क्लिनिकमा मात्रै दैनिक ८० देखि १ सय ५० जना सम्म बिरामी उपचारका लागि आउने गरेका छन ।

टाइफाइड, मलेरिया, डेंगु, कालाज्वरलगायत विभिन्न रोगका कारण पनि ज्वरो आउन सक्छ । तर पछिल्ला दिनमा कोरोनाको संक्रमण महामारीको रुपमा फैलिएका कारण बिरामीमा कोरोना भए नभएको एकिन गर्नका लागि चिकित्सकले पीसीआर परीक्षण गराउन सल्लाह दिने गरेका छन ।

बाँकेका ३ वटा पीसीआर ल्याबमा दैनिक ५ सय देखि ६ सय जनासम्मको पीसीआर टेष्ट हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *