चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कुमारी बैंकद्वारा झण्डै दुई अर्ब नाफा आर्जन
२०७८ वैशाख १२ गते १५:१७

१२ वैशाख २०७८ काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा झण्डै २ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७८।५८ प्रतिशत बढी हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानीसँगै अन्य सञ्चालन आम्दानी बढेका कारण खुद नाफा बढ्न पुगेको हो । १३ अर्ब ८७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कुमारी बैंकको जगेडा कोषमा ३ अर्ब ८० करोड रुपैयाँ छ ।
बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३७ पैसा कायम भएको छ । चैत मसान्तसम्ममा कुमारी बैंकले १ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
प्रतिक्रिया