राष्ट्रिय जनमोर्चाले फिर्ता लियो लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन

हिमालय टिभी
२०७८ वैशाख ११ गते १८:००
राष्ट्रिय जनमोर्चाले फिर्ता लियो लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन

११ वैशाख २०७८ बुटवल । राष्ट्रिय जनमोर्चाले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ती निकाली गण्डकीसँगै र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको जनाउनुभएको हो । विज्ञप्तिमा दुबै प्रदेशमा पेश भएका अविस्वास प्रस्तावको पक्षमा मत हाल्ने समेत जनाइएको छ ।

गण्डकी प्रदेश सरकारविरुद्धको अविश्वास प्रस्तावमा पर्सिदेखि छलफल हुँदैछ । प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिइसकेको अध्यक्ष केसीले बताउनुभएको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले लगातार अलोकतान्त्रिक, असंवैधानिक, अधिनायकवादी र प्रतिगामी कदम चाल्दै आएकाले विपक्षमा उभिएको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *