मोटरसाइल दुर्घटना तीन जनाको मृत्यु

हिमालय टिभी
२०७८ वैशाख १० गते २१:०५
मोटरसाइल दुर्घटना तीन जनाको मृत्यु

१० वैशाख २०७८ सिन्धुली । यहाँ आज दिउँसो भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुई जनाको घटनास्थलमा र एक बालकको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले दिनुभएको जानकारीअनुसार प्रदेश २–००१ प २१६३ नम्बरको मोटरसाइकल कमलामाई नगरपालिका¬–१४ चन्दनपुरमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक दुधौली नगरपालिका–४ घर भएका २६ वर्षीय यमकुमर दनुवार र उहाँका भतिज १३ वर्षीय आषिशकुमर दनुवारको घटना स्थलमा नै मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

यस्तै दुर्घटनामा घाइते भएका अदितकुमर दनुवारको उपचारका लागि सिन्धुली अस्पतालमा लगिएकामा अस्पतालमा पु-याउना साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिनुभयो ।

मृतक मोटरसाइकल चालक यमकुमार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी जवान रहेको र बिदामा घर आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *