बारामा एक महिलाको हत्या, श्रीमानले नै हत्या गरेर भागेको आशंका
२०७८ वैशाख ९ गते १५:३२
९ वैशाख २०७८ बारा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–३ बजनीमा एक महिलाको हत्या भएको छ ।
जीतपुर सिमरा उपमहानगरपालिका–३ बजनीको छिमेक बैंक टोलमा बस्ने ५० वर्षीया पार्वती कार्कीको हत्या भएको हो ।
महिलाको शव आफ्नै घरमा फेला परेको छ । शव फेल भएपछि महिलाका श्रीमान फरार रहेका छन् । श्रीमानले हत्या गरेर भागेको हुनसक्ने आशंका बारा प्रहरीले गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले घटनाबारे अनुसन्धान भइरहेको बताए । घटनापछिसँगै रहेका श्रीमान् फरार रहेका र उनको खोजी भइरहेको बारा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया