विषाक्त सिनो खाँदा पश्चिम नवलपरासीमा ७० वटा गिद्ध मरे (भिडियो रिपोर्टसहित)

८ वैशाख २०७८ नवलपरासी । विषाक्त सिनो खाँदा आज पश्चिम नवलपरासीमा ७० वटा गिद्ध मरेका छन ।
रामग्राम नगरपालिका–४ जितपुरमा गिद्ध मरेको अवस्थामा फेला परेको नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिनुभयो ।
गिद्ध मरेको कुकुर भेटिएको र त्यही कुकुर खाँदा गिद्ध मरेको हुन सक्ने नगरप्रमुख गुप्ताले बताउनुभयो । डोरीले बाँधेर फालेको अवस्थामा रहेका कुकुरलाई विष खुवाएर मारेको हुनसक्ने र कुकुरको मासु खाएका कारण गिद्धहरू मरेको हुनसक्ने स्थानीयको आंशका छ ।
गिद्ध कसरी मरे भन्नेबारे अनुसन्धान गर्न भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीमा नमूना पठाइएको बताइएको छ । गिद्धलाई प्रकृतिको कुचिकारको रूपमा चिनिन्छ ।
पछिल्लो समय नेपालमा गाईवस्तुलाई खुवाइने विभिन्न प्रकारका औषधिका कारण गिद्धको संख्या ह्वात्तै घटेको छ ।
प्रतिक्रिया