‘चिकित्सा शब्दसागर’ सार्वजनिक

हिमालय टिभी
२०७८ वैशाख ८ गते १९:१८
‘चिकित्सा शब्दसागर’ सार्वजनिक

८ वैशाख २०७८ काठमाडौं । नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ ।

डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल र डा कमल लम्सालद्वारा लिखित उक्त पुस्तकको बुधबार चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा डा दिव्या सिंह, प्रा डा राजेन्द्र कोजु र डा मोहनकृष्ण श्रेष्ठले संयुक्तरूपमा विमोचन गर्नुभएको हो ।

कार्यक्रममा प्रा डा सिंहले चिकित्सा शब्दसागरले चिकित्सा विज्ञानलाई सजिलै बुझ्न सघाउने र नेपाली भाषाका क्षेत्रमा यो नयाँ र महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । काठमाडौँ विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्सेजका डीन प्रा डा कोजुले धेरै चिकित्सकले अङ्ग्रेजी प्रयोग गर्ने गरेको वर्तमान समयमा चिकित्सा शब्दसागरले त्यसको परिभाषालाई सहज बनाइदिएको उल्लेख गर्नुभयो ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्का सदस्य सचिव डा श्रेष्ठले स्वास्थ्य परिषद्मा झण्डै डेढ लाखभन्दा बढी स्वास्थ्यकर्मी दर्ता रहेको अवस्थामा उनीहरुलाई चिकित्सकीय ज्ञान हासिल गर्न उक्त शब्दसागरले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

एक हजार ९२० पेजको चिकित्सा शब्दसागर आठ वर्ष लगाएर तयार पारिएको लेखक डा विपिन नेपालले राससलाई जानकारी दिनुभयो । पुस्तकमा चिकित्सा, नर्सिङ र एलाइड हेल्थसँग सम्बन्धित ५० हजारभन्दा बढी शब्द रहेका छन् । उक्त शब्दकोष अङ्ग्रेजी–अङ्ग्रेजी–नेपाली भाषामा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *