बाँकेमा पीसीआर परीक्षण गराउनेको भीड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ८ गते १९:१३
बाँकेमा पीसीआर परीक्षण गराउनेको भीड (भिडियो रिपोर्टसहित)

८ वैशाख २०७८ नेपालगञ्ज । कोरोनाको सक्रमण तिब्र गतिमा फैलन थालेपछि नेपालगञ्जका अस्पतालमा पीसीआर परीक्षण गराउनेको भीड लाग्न थालेको छ ।

दैनिक ५ देखि ६ सय जनाले कोरोना परीक्षण गराउने गरेका छन । भेरी र नेपालगञ्ज मेडिकल कलेजका दुईवटा अस्पतालमा स्वाब संकलन भइरहेको छ । भीड बढेपछि रिपोर्ट आउन ढिलाई भइरहेको छ । संक्रमण बढ्दै गएका कारण परीक्षण गराउनेको चाप बढेको चिकित्सकको भनाइ छ ।

विगतमा स्थानीय तहका स्वास्थ्य संस्थामा स्वाब संकलन गरेर अस्पतालमा पठाउने गरिए पनि हाल सिमित स्थानमा मात्र भएकाले भीड बढेको हो । स्वाब दिनैका लागि घन्टौ सम्म कुर्नु पर्ने बाध्यता देखिएको छ । जसका कारण लाईनबाट संक्रमण फैलने जोखिम देखिएको छ ।

बाँकेमा हाल सम्म ५१ हजार ३ सय १ जनाको स्वाब संकलन भइसकेको छ । ती मध्ये ५७ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *