नासाले मंगलग्रहमा सफलतापूर्वक उडायो सानो हेलिकोप्टर

हिमालय टिभी
२०७८ वैशाख ७ गते ७:२१
नासाले मंगलग्रहमा सफलतापूर्वक उडायो सानो हेलिकोप्टर

७ वैशाख २०७८ न्युयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा सानो हेलिकोप्टर सफलतापूर्वक उडाएको छ ।

नासाले इन्जेन्युटी नामक ड्रोन हेलिकोप्टर उडाएको हो । स्याटेलाइटमार्फत हेलिकोप्टर उडेको सूचना पृथ्वीमा प्राप्त भएपछि यसलाई महत्वपूर्ण सफलता भएको र आउने दिनमा अझै यस्ता मिसन संचालन गर्ने नासाले जनाएको छ ।

गत फेब्रुअरीमा अन्तरिक्ष यानमार्फत सो हेलिकोप्टरलाई मंगल ग्रहमा पठाइएको थियो ।

तीन मिटरमाथि उडेको हेलिकोप्टरको यो उडानलाई नासाले परीक्षण उडान भनेको छ । मंगल ग्रहमा हावाको मात्रा पृथ्वीको तुलनामा एक प्रतिशत मात्रै छ । यसलाई मंगल ग्रहको अनुसन्धानमा महत्वपूर्ण कोशेढुंगा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *