नदीमा हामफालेर आत्महत्या गर्न लागेका गुरुङलाई मलामीले यसरी बचाए
२०७८ वैशाख ३ गते १६:२७

३ वैशाख २०७८ काठमाडौं । पुलबाट हामफालेर आत्महत्या गर्ने तयारीमा रहेका बर्दियाको मधुव नगरपालिका ७ का एक जनालाई मलामीले बचाएका छन् ।
बर्दियाको मधुवन नगरपालिका–७ का ३५ वर्षीय बिन गुरुङलाई कुसुम्बाघाटमा रहेको झोलुङ्गे पुलबाट कुसुम्बा नदीमा हामफालेर आत्महत्या गर्न लाग्दा नदी किनारमा रहेका मलामीहरुले बचाएको प्रहरीले जनाएको छ।
कुसुम्बा नदीमा हामफालेका गुरुङलाई मलामीहरुले नदीबाट निकालेका थिए । उनलाई उपचारका लागि शिक्षण अस्पताल नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
नदीमा हामफालेका गुरुङको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गुरुङको बायाँ खुट्टा भाँच्चिएको छ । गुरुङको मानसिक अवस्था ठिक नभएको र मदिरा सेवन गरेर आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया