नहरमा डुबेर सुनसरीमा दुई जना बालकको मृत्यु
२०७८ वैशाख १ गते १३:४६

१ वैशाख २०७८ सुनसरी । सुनसरीको इटहरीमा नहरमा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।
इटहरी उपमहानगरपालिका–१४ नर्भासा नहरमा पौडी खेल्ने क्रममा दुई जना बालकको डुबेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा इटहरी–७ का १४ वर्षीय आयुष भुर्तेल र सोही ठाउँका १७ वर्षका सायल चौधरी छन् ।
हिजो बेलुका पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनीहरुलाई प्रहरीले फेला पारेर उपचारका लागि धरान लगिएकोमा दुबैको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।
प्रतिक्रिया