प्रदेश २ मा माओवादी केन्द्रका चार सांसद पदमुक्त (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ३० गते १७:२१
प्रदेश २ मा माओवादी केन्द्रका चार सांसद पदमुक्त (भिडियो रिपोर्टसहित)

३० चैत २०७७ धनुषा । प्रदेश २ का माओवादी केन्द्रका चार जना सांसद पदमुक्त भएका छन् । पार्टी परित्याग गरेकाले उनीहरुको पद खारेज गरिएको हो ।

माओवादी केन्द्रले कारबाही गरेका चारजना संसद पदमुक्त भएको सुचना आज बसेको प्रदेश सभा बैठकमा सुनाइएको छ ।

सांसद रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरको पद गएको छ । चारजना सांसद एमालेमा लागेपछि माओवादी केन्द्रले कारवाही गरेको थियो ।

सांसदले पार्टी छाडे पदमुक्त हुने कानूनी व्यवस्था छ । यसअघि माओवादीबाट सांसद बनेका चारजना संघीय सांसद र लुम्बिनी प्रदेशका दुई सांसद पनि पदमुक्त भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *