राष्ट्रिय गैँडा गणनाको नतिजा आज सार्वजनिक हुने

२८ चैत २०७७ काठमाडौं । राष्ट्रिय गैँडा गणनाको नतिजा आज सार्वजनिक हुने भएको छ ।
चैत ९ गते पर्सा राष्ट्रिय निकुञ्जबाट शुरु गरिएको गैँडा गणना हिजो सकिएको थियो । चितवन राष्ट्रिय निकुञ्जकोसमेत हिजो नै गैंडा गणना सकिएकाले आजै नतिजा सार्वजनिक गर्ने तयारी भएको हो ।
नतिजा आज दिउँसो पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी भएको छ । यसपटक ४० जना मुख्य गणक र २० जना वैकल्पिक गणक गैडा गणनामा खटिएका थिए । हरेक पाँचरपाँच वर्षमा गैँडा गणना गर्ने गरिन्छ ।
यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो । निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकले एक–एक गरी गैँडा गनेका छन् । गैँडाको सङ्ख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन हरेक पाँचरपाँच वर्षमा गैँडा गणना गरिँदै आएको हो ।
गणनापछि यसको अवस्था हेरेर व्यवस्थापनको काम गरिने छ । पछिल्लो पटक सन् २०१५ को गणनामा नेपालमा कूल ६४५ वटा गैँडा थिए ।
तथ्याङ्कअनुसार चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाँटामा आठ र पर्सामा तीन गैँडा भेटिएका थिए । यस वर्ष गणनामा ४० हात्ती र २०० जनशक्ति परिचालन गरिएको थियो।
दुई निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्ती गणनामा प्रयोग गरिएको हो । गैडा गणनाका क्रममा बर्दियामा एक जना गणकमाथि बाघले आग्रमण गर्दा मृत्यु समेत भएको थियो ।
प्रतिक्रिया