तनहुँ र चितवन जोड्न त्रिशुलीमा बनिरहेको पुल भत्कियो

हिमालय टिभी
२०७७ चैत २४ गते १७:११
तनहुँ र चितवन जोड्न त्रिशुलीमा बनिरहेको पुल भत्कियो

२४ चैत २०७७ चितवन । तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्ने त्रिशुली नदीमाथि बनिरहेको पुल भत्किएको छ ।

पुलको ८० मिटर भाग भत्किएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। २ सय २० मिटर लामो र ८ दशमलब ५ मिटर चौडाइको पुलको पिलरको काम सकिएको थियो ।

इलाइट, एड्भेन्चर र इन्द्रेणी जेभी गरी तीन कम्पनी मिलेर बनाउँदै गरेको पुल ढलान गरेको २१ दिनपछि भत्किएको हो । प्रिस्टेसिङका क्रममा रहेको ४० मिटरको पुल भत्किदा अर्को बनिसकेको ४० मिटर भागसमेत भत्किएको छ ।

पुलको एक खण्डमा ट्रसको काम भैरहेको थियो । पुलको चारवटा स्पानमध्ये मुख्य भागमा ८० मिटर लामो स्टिलको ट्रस्ट संरचना बन्दै थियो । ट्रसलाई लिफ्ट गर्दा ढलान गरिएको पुलमा धक्का दिँदा भत्किएको हुनसक्ने अनुमान छ ।

सुरुमा १६ करोडको लागतमा ठेक्का सम्झौता भएको पुलको डिजाइन ‘रिभ्यू’ गरेर २१ करोड ६८ लाख पुर्‍याइएको थियो । दुई पटकसम्म म्याद थप गरिएको पुलको सम्झौता अवधि पछिल्लो पटक पुस १३ गते सकिएको थियो । पुल ६ वर्षअघि शिलान्यास गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *