सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने सडक छेउमा बनाइएका संरचना भत्काउन शुरु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २३ गते १९:१८
सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने सडक छेउमा बनाइएका संरचना भत्काउन शुरु (भिडियो रिपोर्टसहित)

२३ चैत २०७७ पाल्पा। सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने सडक छेउमा बनाइएका संरचना भत्काउन शुरु गरिएको छ ।

सडक कार्यालयले पटक–पटक सूचना जारी गर्दासमेत सडक सिमा अतिक्रमण गरी बनाएका संरचना घरधनीले नभत्काएपछि डोजर लगाउन थालिएको हो ।

पहिलो चरणमा सिद्धार्थ राजमार्गको राम्दीदेखि चिडियाखोलासम्मका अतिक्रमित भौतिक संरचना हटाउने तयारी छ । दोस्रो चरणामा तानसेन–तम्घास सडक खण्डका अतिक्रमित संरचना हटाउने सडक कार्यालयले जनाएको छ । घर धनीले भने आफुहरुको उठीबास लगाउने गरी संरचना भत्काइएको गुनासो गरेका छन् ।

डिभिजन सडक कार्यालयले सिद्धार्थ राजमार्गको चिडियाखोला देखिराम्दीसम्म सडक सिमा अतिक्रमण गरी बनाएका ७ सय घरमा हटाउने गरी रातो चिन्ह लगाएको छ ।

सिद्धार्थ राजमार्गको बुटवल देखी पोखरासम्म दुई लेनको पूर्ण डेडिकेटेट सडक निर्माण गर्ने डिपिआर तयार भएकाले सोही अनुसार अतिक्रमित सडक क्षेत्र खाली गर्न लागेको कार्यालयले जनाएको छ ।

सिद्धार्थ राजमार्गको बिच देखी दाँया बाँया २५–२५ मिटर र तानसेन–रिडी सडकखण्डको सडक देखि १५–१५ मिटर सडक खाली गर्ने तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *