पाल्पाका ६४ वटा सामुदायिक वनमा डढेलो

हिमालय टिभी
२०७७ चैत १८ गते १८:२२
पाल्पाका ६४ वटा सामुदायिक वनमा डढेलो

१८ चैत २०७७ पाल्पा । पाल्पाका ६४ वटा सामुदायिक वनमा डढेलो लागेको छ । डढेलोले १५ सय भन्दा बढी हेक्टर जंगलक्षेत्रमा नोक्सानी पुगेको छ ।

डिभिजन वन कार्यालयका अनुसार तानसेनका मात्र १७ वटा सामुदायिक वनमा डढेलो लागेको छ । रिब्दीकोटमा सबै भन्दा धेरै जंगल डढेलोबाट नष्ट भएको छ ।

डढेलोले जंगलका काठ, दाउरा, जडीबुटी तथा नयाँ पालुवा जलेर नष्ट भएका छन् । नागरिकमा स्वास्थ्य समस्या पनि उत्पन्न भएको छ ।

वन ऐन अनुसार डढेलो लगाउने ब्यक्तीलाई बिगो असुल गरेर तीन बर्ष जेल र ६० हजार जरिवाना तथा दुबै हुने कानुनी ब्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *