ठुला परियोजना नगर विकास कोषसँगको सहकार्यमा अघि बढ्छः मुख्यमन्त्री राई (भिडियो रिपोर्टसहित)
२०७७ चैत १८ गते १५:३७
१८ चैत २०७७ विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा सञ्चालनको तयारीमा रहेका ठूला आयोजना नगर विकास कोषको सहकार्यमा अघि बढाउने बताउनुभएको छ ।
विराटनगरमा आज भएको कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेश सरकारको लागानीमा सञ्चालन हुने ठुला आयोजना कोषसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।
कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले कोषले आगामी चार वर्षभित्र सबै नगरपालिकामा सहकार्य गर्ने रणनीति रहेको बताउनुभयो ।
कार्यकारी निर्देशक सापकोटाले नगरपालिका क्षेत्रमा अहिले ठुला १२ वटा आयोजनामा कोषले कुल १२ अर्ब सहुलियत ऋण उपलब्ध गराएको जानकारी दिनुभयो ।
प्रतिक्रिया