कोदोको रक्सीलाई ब्राण्ड बनाउने नारा लागू गर्नेछु : मन्त्री राई

हिमालय टिभी
२०७७ चैत १४ गते ६:३५
कोदोको रक्सीलाई ब्राण्ड बनाउने नारा लागू गर्नेछु : मन्त्री राई

१४ चैत २०७७ खोटाङ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले कोदोको रक्सीलाई ब्राण्ड बनाउन पहल गर्ने बताउनुभएको छ ।

स्थानीय प्रशासनले कोदोको रक्सी जफत गरिरहेको अवस्थामा ‘ब्याण्ड भर्सेस ब्राण्ड’को नारा लिएर प्रवद्र्धनमा लाग्नुभएका मन्त्री राईले शुक्रबार शपथ तथा पदभार ग्रहण गरेलत्तै सामाजिक सञ्जालमा स्टाटस लेख्नुहुँदै साना उद्योगका रूपमा रहेको कोदोको रक्सी उत्पादनलाई कानूनीरूपमा वैधता दिने प्रबन्ध मिलाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले खोटाङको दिक्तेल बजारमा यसअघि स्थानीय उत्पादनको रक्सी प्रहरीले जफत गरेर नष्ट गरेको विषयलाई लिएर स्थानीय सरकारको कडा आलोचनासमेत गर्नुभएको थियो ।

मन्त्री राईले पदभार ग्रहण गर्नुभएलत्तै फेसबुकमा लेख्नुभएको स्टाटसमा नेपाली जनताको परिवर्तनका लागि सामाजिक मुक्ति आन्दोलनमा आफ्नो यात्रा अविचलित रहिरहने पनि बताउनुभएको छ ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा जन्मनुभएकी मन्त्री राईले मन्त्रीको पदभार ग्रहण गर्नुभएपछि जन्मदिने आमाबुबा तथा खोटाङे जनतालाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

One thought on “कोदोको रक्सीलाई ब्राण्ड बनाउने नारा लागू गर्नेछु : मन्त्री राई

  1. सामाजिक विकास मन्त्रीज्यू कोदोको रक्सी उत्पादन गर्ने तरिका, विधि, कडा – नरम छुट्याउन चाख्ने तरिका सहितको स्थानीय पाठ्यक्रम तयार गरेर राई, तामाङ, गुरुङ, मगर लगायतका मतवाली बहुल्यता भएको सामुदायिक विध्यालयका कक्षा १ देखि नै लागू गर्नु पर्छ । अनि त्यो विषय अध्यापन गर्ने शिक्षक पनि धेरै जाडको संवाद थाहा पाएको, विहान ओछ्यानमै रक्सी खान नपाए थर्थरी कापेर उठ्नै नसक्ने छानेर नियुक्ती दिनु पर्छ । मौका यही हो मन्त्रीज्यू नगुमाउनु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *