देउखुरीको जग्गा रोक्का भयो फुकुवा, बेचविखनमा अझै रोक (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १३ गते १४:५२
देउखुरीको जग्गा रोक्का भयो फुकुवा, बेचविखनमा अझै रोक (भिडियो रिपोर्टसहित)

१३ चैत २०७७ दाङ । लुम्बिनी प्रदेश सरकारले राजधानी दाङको देउखुरीको जग्गा रोक्का फुकुवा भएको छ ।

प्रदेश मन्त्रिपरिषदको आज बसेको बैठकले देउखुरीमा गरेको जग्गा रोक्कालाई फुकुवा गर्ने निर्णय गरेको हो । लुम्बिनी प्रदेशको स्थायी राजधानी तोक्दा जग्गा किनबेच हुने भन्दै प्रदेश सरकारले रोक्का गरेको थियो ।

जग्गा फुकुवा गरे पनि बेचबिखन गर्न भने पाइने छैन । प्रचलित कानून बमोजिम पैतृक सम्पत्ती अंशवण्डा भएकोमा अदालतको पत्र अनुसार अंशियारको नाममा सम्पत्ती कायम गर्ने गरी कित्ताकाँट तथा लिखत पारित गर्न सकिने लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरीले जानकारी दिनुभयो ।

सरकारले लुम्बिनी प्रदेशसभाको बैठक चैत १८ गते आह्वान गर्न प्रदेश प्रमुख धर्मनाथ यादव समक्ष सिफारिस गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *