Main News
फास्ट ट्रयाकमा भएको अनियमितता अध्ययन गर्न विकास समितिद्वारा उपसमिति गठन
२०७७ चैत ९ गते १४:२७

९ चैत २०७७ काठमाडौं । काठमाडौं–तराई द्रूतमार्ग (फास्ट ट्रयाक) निर्माणमा अनियमितता भएको भन्दै अध्ययनका लागि संसदीय उपसमिति बनाइएको छ ।
आज बसेको संसदको विकास तथा प्रविधि समितिको वैठकले उपसमिति बनाएको हो ।
समितिको बैठकले नेकपा एमालेका सांसद गणेश पहाडीको संयोजकत्वमा जिपछिरिङ लामा, इन्दु शर्मा, अनिल झा र केदार सिग्देल रहेको समिति बनाएको छ ।
समितिले फास्ट ट्र्याक निर्माणमा नेपाली सेनाले गर्ने ठेकेदार छनोट, पुल निर्माणमा भएको भनिएको अनियमितता, खोकनामा भएको विवाद, निर्माणका क्रममा भएका लापरवाहीलगायतका विषयमा अध्ययन गर्ने समिति सभापति कल्याणीकुमारी खड्काले जानकारी दिनुभयो ।
समितिलाई दुई महिनाको समय दिइएको छ । काठमाडौंबाट तराई जोड्ने फास्ट ट्र्याकको निर्माण नेपाली सेनाले गरिरहेको छ ।
प्रतिक्रिया