देशका विभिन्न स्थानमा मौसम बदली भई वर्षाको सम्भावना

हिमालय टिभी
२०७७ चैत ९ गते ९:०६
देशका विभिन्न स्थानमा मौसम बदली भई वर्षाको सम्भावना

९ चैत २०७७ काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा मौसम बदली भई वर्षाको सम्भावना रहेको बताएको छ ।

महाशाखाले आज बिहान सूचना जारी गर्दै देशको पहाडी भेगका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको बताएको हो ।

महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।

यस्तै राति पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले देशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *