भागरथी हत्या आरोपी दिनेश निर्दोष रहेको उनका बाबुको दाबी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ८ गते १९:११
भागरथी हत्या आरोपी दिनेश निर्दोष रहेको उनका बाबुको दाबी (भिडियो रिपोर्टसहित)

८ चैत २०७७ बैतडी । बैतडीको दोगडाकेदार की १७ वषीैय भागरथीको हत्या अभियोगमा बालसुधार गृहमा रहेका दिनेश भट्टका बाबुले छोरा निर्दोष रहेको दाबी गर्नुभएको छ ।

दिनेशका बुवा दिपक भट्टले कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा पत्रकार सम्मेल गर्दै दिनेशको घटनामा संलग्नता नरहेको र उसले हत्यारा चिनेको दावी गर्नुभयो ।

बालसुधार गृहमा पुगेर आफूले छोरालाई भेटेका दीपकले छोराले भागरथीका हत्यारालाई देखेको र ती हत्याराहरुले नै घटनाबारे भनेमा परिवारलाई सिध्याइदिने धम्की दिएकाले छोराले अपराध स्वीकारेको दावी गर्नुभयो ।

दिनेशले आरोप लगाएका दुई जनामध्ये एक जना वडा कार्यालयको कर्मचारी र अर्कोलाई नचिनेको उहाँले बताउनुभयो ।

दिनेशको परिवारले दोषीलाई उम्काएर निर्दोषलाई फसाउने काम भएको दाबी गर्दै घटनाको सत्य, तथ्य छानविन हुनु पर्ने माग गरेको छ। गत २१ माघमा विद्यालयबाट घर फर्कने क्रममा १७ वर्षीया भागरथीको बलात्कारपछि हत्या भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *