जंगली हात्तीको आक्रमणबाट चितवनमा एक जना महिलाको मृत्यु
२०७७ चैत ८ गते ९:०८

८ चैत २०७७ काठमाडौं । जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक जना महिलाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–१३ उजेलीनगरकी ५० वर्षीया तीलमाया भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आज बिहान करिब ४ बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमा नै मृत्यु भएको हो ।
यस्तै हात्तीले सोही स्थानमा तीनवटा घर पूर्णरूपमा क्षति पुर्याएको कार्यालयले जनाएको छ । हात्तीको आक्रमणबाट भएको पूर्ण क्षतिको विवरण आइसकेको छैन ।
हात्तीले घर भत्काउन लागेपछि बाहिर निस्किएर भाग्ने क्रममा उनलाई हात्तीले आक्रमण गरेको हो ।
प्रतिक्रिया