मनाङमा भएको ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो

हिमालय टिभी
२०७७ चैत ८ गते ७:५३
मनाङमा भएको ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो

८ चैत २०७७ मनाङ । मनाङको नासों गाउँपालिका ४, खोत्रोमा हिजो भएको ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

घटनास्थलमै ३ जनाको मृत्यु भएकोमा उपचारका लागि लमजुङ ल्याउने क्रममा थप २ जनाको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

लमजुङको बेंसीसहरबाट मनाङको चामे जाँदै गरेको ध १ ख ५९२ नम्बरको ट्रक मनाङको नासों गाउँपालिका ३, खोत्रोमा सडकबाट करिब ४५ मिटर तल मर्स्याङ्दी नदीमा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा मनाङको नासों गाउँपालिका ४, ओडार गाउँका अन्दाजी डेढ वर्षका लियोन गुरुङ, ३५ वर्षीया मनिषा गुरुङ र अन्दाजी ३१ वर्षीया जलकाशी गुरुङको घटनास्थलमै मृत्यु भएको हो । मृतक लियोन मनिषाका छोरा हुन् । मनिषा र जलकाशी दिदीबहिनी हुन् ।

त्यस्तै ट्रकका सहचालक लमजुङको मर्स्याङ्दी गाउँपालिका ५, घेर्मु खोरियाखेतका २१ वर्षीय लक्ष्मण नेपाली र चामे गाउँपालिका ४ का २८ वर्षीय राजु विकको पनि उपचारका क्रममा मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ ।

घाइते ३ जनाको जिल्ला अस्पताल लमजुङमा प्रारम्भिक उपचारपछि पुरानो मेडिकल कलेज चितवनमा रिफर गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *