यसकारण आन्दोलनमा उत्रिए निजी कलेजका विद्यार्थी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ६ गते २०:४९
यसकारण आन्दोलनमा उत्रिए निजी कलेजका विद्यार्थी (भिडियो रिपोर्टसहित)

६ चैत २०७७ विराटनगर । सामुदायिक र सरकारी क्याम्पसमा विद्यार्थीको आन्दोलन हुनु नौलो होइन । तर, इटहरीका निजी कलेजका विद्यार्थी पहिलो पटक आन्दोलित भएका छन् । कोरोनाको विश्वव्यापी महामारीको समयमा पनि शुल्क लिएको भन्दै विद्यार्थीले आन्दोलन गरिरहेका छन् ।

सुनसरीको इटहरीमा रहेको विश्व आदर्शसहित कस्तुरी, कोशी र सुस्मा कलेजका विधार्थीले संयुक्त आन्दोलन थालेका छन । कोराना महामारीका कारण लकडाउनले बन्द भएको बेला पनि कलेजले शुल्क लिएको भन्दै विद्यार्थीले आन्दोलन थालेका हुन । विद्यार्थीले इटहरीको मुख्य चोकमा चक्काजाम गरे ।

विद्यार्थीले आफ्नो जायज माग सम्बोधन गर्न कुनै पनि निकायले वास्ता नगरेको भन्दै कलेजप्रति आक्रोश पोखेका छन । उनीहरुले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन ।

यसअघि पूर्व क्षेत्रमा निजि कलेजका विद्यार्थीले कहिले पनि आन्दोलनमा सहभागिता जनाएका थिएनन् । पूर्वाञ्चमा नाम चलेका कलेजबाटै जबरजस्ती शुल्क असुल गराउन शिक्षकमार्फत दबाब दिइरहेको विद्यार्थीको आरोप छ । निजी कलेजको छाता संस्था उच्च शिक्षालय तथ्य माध्यमिक बिध्यालय संघ (हिसान)ले विद्यार्थीको आन्दोलनलाई गम्भिरतापूर्वक लिएको प्रतिक्रिया दिएका छन ।

इटहरी उपमहानगरपालिकाले आफ्नो नगर भित्र सँचालनमा आएका निजि शैक्षिक सँस्थाले लिन नपाउने शुल्क समेत निर्धारण गरेर कोरोना अवधिको शुल्क लिन नपाइने निर्णय गरेको छ । तर, कलेज संचालकले भने यो निर्णय बारे आफु बेखर भएको बताउँदै आएका छन् । कोरोनाको समय अवधिको पनि अभिभावकसंग शुल्क लिने कलेजको निर्णयसँगै नगरपालिकाले पनि चासो देखाएको छ।

इटहरी क्षेत्र भित्र सचालनमा रहेका निजि शैक्षिक सँस्था मध्ये अहिले मुख्य ४ कलेजमा आन्दोलन शुरु भएको छ । यो आन्दोलन अरु कलेजमा पनि शुरु गर्ने विद्यार्थीले चेतावनी दिएका छन । कोरोनाको समयमा पनि शुल्क तिर्न विधार्थीलाई बाध्य पार्ने कलेजले कोरोनाको अवधिको समयमा शिक्षकलाई तलव भने दिएका छैनन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *