नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावास

हिमालय टिभी
२०७७ चैत ५ गते ७:१३
नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावास

५ चैत २०७७ उदयपुर । जिल्ला अदालत उदयपुरले आफ्नै आठ वर्षीया नातिनीलाई कलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ ।

बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई आजीवन कारावाससहित रु ४० हजार दण्ड जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले बताउनुभयो ।

यस्तै कसुरदार पुरुषले पीडित राहतकोषमा रु चार हजार जम्मा गर्नुपर्नेसहितको फैसला अदालतले गरेको जिल्ला अदालत उदपुरले बताएको छ ।

गत भदौ ९ गते आफ्नै नातिनीलाई बलात्कार गरेको कसुरमा हजुरबुबाविरुद्ध प्रहरीमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयले ती पुरुषलाई पक्राउ गरेर अनुसन्धान गरी अदालतको आदेशानुसार अदालतमा मुद्दा दर्तासँगै पूर्पक्षका लागि थुनामा राख्दै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *