बुटवलको ऐतिहासिक जितगढी किल्लामा युद्ध संग्रहालय बन्ने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ४ गते १८:४४
बुटवलको ऐतिहासिक जितगढी किल्लामा युद्ध संग्रहालय बन्ने (भिडियो रिपोर्टसहित)

४ चैत २०७७ बुटवल । बुटवलको ऐतिहासिक जितगढी किल्लामा युद्ध संग्रहालय बन्ने भएको छ । यो किल्लामा अंग्रेज र नेपाली फौजबीच विक्रम संवत १८७२ सालमा भिडन्त भएको थियो ।

कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज सैनिकलाई हराएको थियो । त्यही युद्ध झल्काउने गरी बुटवल उपमहानगरपालिकाले संग्रहालय बनाउन थालेको हो ।

करिब ७ करोड लागतमा बन्ने संग्रहालय चार तलाको हुने बताइएको छ । बुटवलको इतिहास झल्काउनुका साथै जितगढी युद्धबारे नयाँ पुस्तालाई जानकारी गराउने ढंगले संग्रहालय बनाउने उपमहानगरपालिकाको योजना छ ।

संग्रहालयका कारण पर्यटन क्षेत्रको विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *