१४ वर्षीय बालक हत्या आरोपमा तीन जना पक्राउ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ४ गते १८:३९
१४ वर्षीय बालक हत्या आरोपमा तीन जना पक्राउ (भिडियो रिपोर्टसहित)

४ चैत २०७७ बारा । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका १४ वर्षे बालकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ ।

वडा नम्बर १० का १४ वर्षीय बालक हसाहिद हुसेन मिया अन्सारी फागुन २८ गते मृत अवस्थामा फेला परेका थिए ।

हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले भलुहीटोलका कियामुदिन मंसुरी, अफसान भनिने अमर हुसेन मियाँ हजाम र आबेदिन मिया अन्सारीलाई पक्राउ गरेको छ । पारिवारिक र प्रेम सम्बन्धका कारण अन्सारीको हत्या भएको प्रहरीको दाबी छ ।

अन्सारी फागुन ११ गतेदेखि हराएको भन्दै प्रहरीमा निवेदन परेको थियो । हराएको १७ दिन पछि गाउँकै एउटा उद्योग नजिक कालो छाईको थुप्रोमा उनको शव फेला परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *