बलात्कार प्रयासपछि फरार युवक पक्राउ (भिडियो रिपोर्टसहित)
४ चैत २०७७ बाँके । विद्यालयबाट घर फर्किदै गरेकी छात्रालाई अपहरण परी होटलमा पुराएर बलात्कारको प्रयास गरेको आरोपमा बाँके प्रहरीले एक युवालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
अपहरण र छात्रामाथि बलात्कारको प्रयास भएको डेढ महिनापछि भारतीय प्रहरीको सहयोगमा प्रहरीले नेपालगन्ज ४ घोसी टोलका २० वर्षीय जुनेद हलवाईलाई पक्राउ गरेको हो ।
माघ १६ गते दिउँसो घर फर्कँदै गरेकी ९ कक्षामा अध्ययनर १६ वर्षीया छात्रालाई हलवाईले चक्कु देखाएर मार्ने धम्की दिँदै अपहरण गरेर नेपालगन्ज बसपार्कस्थित एक होटलमा लगेर कुटपिट गरी बलात्कारको प्रयास गरेका थिए ।
बलात्कार गर्न नसकेपछि अपहरण गर्ने युवाले छात्राको मुख, ओठ र घँटीमा जुत्ता र मुड्की प्रहार गरेर मरणासन्न हुने गरी कुटपिट गरेका थिए । कुटपिटपछि छात्रा बेहोश भई नाक, कान र मुख नाकबाट रगत बग्न थाले पछि हलवाई भागेर भारतमा लुक्दै आएका थिए ।
कुटपिटबाट बेहोस अवस्थामा रहेकी छात्रालाई होटल सञ्चालकले उपचारका लागि भेरी अस्पताल लगेका थिए । ७ दिन अस्पतालमा भर्ना गरेर उपचार पछि ती छात्रालाई सिविन नेपालको सेल्टरमा राखेर उपचार र हेरचाहको व्यवस्था गरिएको छ ।
पक्राउ परेका हलवाइलाई मुलुकी फौजदारी संहिता २०७४ बमोजिम कानूनी कारबाही शुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया