ताप्लेजुङको ९५ प्रतिशत भूभागमा मोबाइल सेवा

हिमालय टिभी
२०७७ चैत २ गते ६:३३
ताप्लेजुङको ९५ प्रतिशत भूभागमा मोबाइल सेवा

२ चैत २०७७ ताप्लेजुङ । ताप्लेजुङको अन्तिम बस्ती फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा गत साता नेपाल टेलिकमले मोबाइल सेवा पुनः सञ्चालन गरेसँगै ताप्लेजुङको ९५ प्रतिशत भूभागमा मोबाइल सेवा सञ्चालन भएको छ ।

टेलिकमले ओलाङचुङगोलामा स्याटलाइट प्रविधिको टावर विस्तार गरेर मोबाइल सेवा दिन थालेको नेपाल दूरसञ्चार कार्यालय ताप्लेजुङका कार्यालय प्रमुख वीरेन्द्र चेम्जोङले जानकारीभयो । ओलाङचुङगोलामा टावर सञ्चालनमा आएसँगै ताप्लेजुङ ९५ प्रतिशत भूभागमा मोबाइल सेवा सञ्चालन भएको चेम्जोङले बताउनुभयो ।

समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा अवस्थित ओलाङचुङगोला मोबाइल सेवा शुरु भएको हो । ताप्लेजुङ सदरमुकामदेखि तीन दिन पैदल हिँडेर आलाङचुङगोला पुग्न सकिन्छ । मोबाइल सेवा शुरु भएसँगै घरमै बसेर आफ्ना आफन्तहरूसँग कुराकानी गर्ने सकिने भएपछि स्थानीयवासी खुशी भएको स्थानीयवासी तेन्जिङ वालुङले बताउनुभयो ।

वितगमा ओलाङचुगोलादेखि सूचाना पठाउनु प¥यो भने वडा कार्यालमा राखिएको सुविसुको इन्टरनेटको माध्यमबाट मेसेन्जरमार्फत सूचाना पठाउँदै आएको वालुङले बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नै घरमा बसेर चौबिसै घण्टा आफ्ना आफन्तहरूसँग खबर आदानप्रदान गर्न सकिने भएको छ ।” आलोङचुङगोलामा ५६ घर परिवार बसोबास छ ।

फक्ताङलुङ गाउँपालिका–५ रानी पुलदेखि ओलाङचुङ गोलासम्म टावर विस्तार गर्न आवश्यक सामग्रीे ९० हजारले ढुवानी खर्च फक्ताङलुङ गाउँपालिकाले गरेको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामाले जानकारी दिनुभयो ।

ताप्लेजुङमा घुन्सा र ओलाङचुङगोल गरी दुईवटा स्याटलाइट प्रविधिबाट हिमाली बस्तीमा मोबाइल सेवा दिइरहेको जिल्ला दूरसञ्चार कार्यालयले जनाएको छ । ताप्लेजुङको विभिन्न स्थानहरूमा २३ वटा मोबाइल टावरले सेवा दिँदै आएको दूरसञ्चार कार्यालय कार्यालय प्रमुख वीरेन्द्र चेम्जोङले बताउनुभयो ।

सिदिङवा गाउँपालिका–१ कालीखोला क्षेत्रमा मोबाइल सेवाको पहुँच पुग्न बाँकी रहेको र त्यसका लागि प्रक्रिया अगाडि बढिसकेको चेम्जोङले बताउनुभयो । यसै चालू आर्थिक वर्षमा पाथीभरा क्षेत्रमा फेदी र कालीखोला क्षेत्रमा मोबाइल टावर विस्तार हुने चेम्जोङले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *