समाज

विद्यार्थीले बनाए दुई दर्जनभन्दा बढी यस्ता वैज्ञानिक यन्त्र (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २८ गते १८:३१
विद्यार्थीले बनाए दुई दर्जनभन्दा बढी यस्ता वैज्ञानिक यन्त्र (भिडियो रिपोर्टसहित)

२८ फागुन २०७७ मोरङ । मोरङको बुढीगंगा गाउँपालिकामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले २ दर्जनभन्दा बढी वैज्ञानिक यन्त्र तथा उपकरण निर्माण गरेका छन् ।

इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल, सिभिल र मेकानिकल विभागमा अध्ययनरत विद्यार्थीले आफ्नो अध्ययनकालमा आर्जन गरेका सैद्धान्तिक तथा व्यवहारिक ज्ञानको सदुपयोग गर्दै उपकरण बनाएका हुन् । हेरौं विद्यार्थीले बनाएका उपकरण कस्ता छन् ।

मोरङको बुढीगंगा–४ स्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले विभिन्न किसिमका मेसिन बनाएका छन् । त्यसमध्येको एउटा हो, यो बालुवा चाल्ने मेसिन ।

अनि यो चाहिँ हो व्याट्रीबाट चल्ने दुई पाङ्ग्रे सवारी साधन । अनि यो भुइँ पुछ्ने मेसिन ।

३ वर्षे इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीले समूहमा रहेर २६ प्रकारका मेसिन बनाएका हुन् । उनीहरुले बनाएको मेसिनको प्रदर्शनी पनि गरेका छन् ।

यो ब्लुटुथद्वारा नियन्त्रित र सजिलै स्थानान्तरण गर्न सकिने सौर्य उर्जामा आधारित ‘रोबोटिक सर्भाइलेन्स क्यामेरा’ । घरको जुनसुकै कुनाबाट सञ्चालन गर्न सकिने यो क्यामेराले चारै दिशाको लाइभ दृश्य कैद गर्छ ।

कैद गरिएको दृश्य सम्बन्धित व्यक्तिको मोबाइलमा सजिलै हेर्न सकिन्छ । सुरक्षामा थप सहजता थप्ने उद्देश्यका साथ निर्माण गरिएको यो प्रोजेक्टमा थप प्राविधिक सुधार गर्न सकिए भबिष्यमा यसलाई सजिलै व्यावसायीकरण गर्न सकिने विद्यार्थीको दावी छ ।

यस्तै उनीहरुले सौर्य उर्जाबाट चल्ने धान काट्ने मेसिन पनि बनाएका छन् ।

विद्यार्थीहरुले भूकम्पको पूर्व जानकारी दिने यन्त्र पनि तयार पारेका छन । यो यन्त्रले भुकम्प आउनुभन्दा १० देखि १५ सेकेण्ड अगावै आउने सामान्य परकम्पलाई महशुस गरेर अर्लामको माध्यमबाट जानकारी दिने गर्दछ । यसको मद्दतले भबिष्यमा भुकम्पबाट हुने ठुलो जनधनको क्षतिबाट जोगाउन मद्दत पुग्नेछ ।

कलेजका इलेक्ट्रोनिक्स र ईलेक्ट्रीकल विभागका विद्यार्थीहरुले बनाएका यस्ता उपकरणलाई व्यावसायिक बनाउनु आवश्यक छ । यसलाई व्यावसायिक बनाउन सके विश्वमा बढ्दो प्राविधिक जनशक्तिको मागलाई परिपुर्ति गर्न तथा विद्यार्थीलाई स्वरोजगार बनाउन सकिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *