Main News
यो वर्षको एसईई परीक्षा जेठ १३ देखि संचालन गरिने
२०७७ फागुन २५ गते १२:५१

२५ फागुन २०७७ काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि सञ्चालन हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको बैठकले २०७८ जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले जानकारी दिनुभयो ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने पनि अर्यालले जानकारी दिनुभयो । बोर्डले कक्षा १२ को पनि परीक्षाको तालिका पनि सार्वजनिक गरेको छ ।
कोरोना महामारीका कारण शैक्षिक सत्र धकेलिएपछि कक्षा १२ को साधारण तथा प्राविधिक तर्फको परीक्षा २०७८ जेठ २६ देखि असार ४ गतेसम्म सञ्चालन गर्ने निर्णय भएको प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।
कक्षा १२ को परीक्षा पनि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गरिने छ ।
प्रतिक्रिया